उधोग उवा महासंघ प्रदेश २ का अध्यक्ष लाठ र लालबन्दी उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डलबीच भेट

उधोग  उवा महासंघ प्रदेश २ का अध्यक्ष लाठ र लालबन्दी उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डलबीच भेट

 लालबन्दी उद्योग वाणिज्य संघको पदाधिकारीको एक प्रतिनिधि मण्डलले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश प्रसाद लाठसँग भेटघाट गरेको छ ।

लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण जोशी लगायतको प्रतिनिधि मण्डलले आईतबार महासंघ प्रदेश २ का अध्यक्ष लाठको कार्यकक्षमा गएर भेटघाट गरेका हुन् ।

भेटका क्रममा समसामयिक विषयमा छलफल भएको नेपाल उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष गणेश लाठले जानकारी दिनुभयो ।

भेटपछि भएको छलफलमा लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष जोशीले आफ्नो संस्थालाई प्रदेशमा आबद्ध गराउन निवेदन सहित आवश्यक कागजातहरु पनि पेश गरेको नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर २ का अध्यक्ष लाठको सचिवालयले जनाएको छ ।